ASHA

ज्ञान व्यवस्थापन तथा सिकाई रणनीति

ज्ञान कार्यमा आधारीत अनुभव, सूचना, जानकारी तथा सिकाईहरुलाई ज्ञान उत्पादन गर्ने, सहि व्यक्तिलाई, सहि समयमा, सहि संचार गर्नु नै ज्ञान व्यवस्थापन हो । संस्थालाई जिवन्त राख्ने विभिन्न श्रोत मध्ये ज्ञान व्यवस्थापन पनि एक हो । नयाँ पाठ सिक्न र ज्ञान साझेदारी गर्न, आयोजना डिजाईन र कार्यान्वयनमा सुधार गर्न, नीति प्रक्रियाहरुलाई प्रभाव पार्न, परियोजनाका गतिविधिहरुलाई जागरुकता बढाउन, नीति निर्माताहरु बीच आयोजनाको गुणस्तर बढाउन, लक्षित वर्गहरुलाई कृयाकलापहरु कार्यान्वयन गर्न जानकारी दिन, आयोजना क्षेत्रका साझेदारहरु निर्माण गर्न, सफल अनुभवहरुको प्रचार गर्न ज्ञान व्यवस्थापनले मुख्य भूमिका खेल्नेछ ।