ASHA

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रबाहीकरण, कार्य संचालन निर्देशिका

यो लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण कार्यसंचालन निर्देशिका (संक्षिप्त स्वरुप) पहाडी साना किसानका लागि अनुकूलन आयोजनाका दैनिक कार्य संचालन प्रकृयामा जलवायु परिवर्तन अनुकूुलनका क्रियाकलापहरुमा संकटासन्न घरधुरीहरु, महिला, दलित लगायत पिछडिएका जनजातीहरुका आवश्यकता तथा सवालहरुलाई सम्वोधन गर्दै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई प्रभावकारी रुपमा मूलप्रबाहीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको हो ।